एजेन्सी । विश्वकप फुटबलको युरोपेली छनोटमा स्पेनले ग्रिसलाई हराएको छ ।
बिहीबार राति समूह बीको खेलमा स्पेनले ग्रिसलाई १–० ले हराएको हो ।
स्पेनको जितमा साराबियाले २६ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।
स्पेनलाई विश्वकपमा स्थान सुरक्षित गर्न जितको आवश्यकता थियो । दोस्रो स्थानको स्विडेनले समेत स्पेनमाथि बदाब बढाएको थियो । तर साराबियाले पेनाल्टीमा गोल गर्दै स्पेनलाई महत्वपुर्ण तीन अंक दिलाए ।
प्राप्त जितले स्पेनलाई विश्वकप छनोटको नजिक पुर्याएको छ ।
जितसँगै समूह बीमा शीर्ष स्थानको स्पेनले १६ अंक जोडेको छ । दोस्रो स्थानको स्विडेनको १५ अंक छ । ग्रिस ९ अंक सहित तेस्रो स्थानमा छ ।