एजेन्सी । विश्वकपको युरोपेली छनोटमा क्रोएसिया र रसियाले शानदार जित निकालेका छन् ।
बिहीबार राति समूह एचको खेलमा क्रोएसियाले माल्टालाई ७–१ गोल अन्तरले हराएको हो ।
क्रोएसियाले अब आईतबार समूह एचको फाइनल खेलमा रसियालाई घरेलु मैदानमा आमन्त्रण गर्नेछ । बिहीबार प्रभावशाली जित निकालेका दुवै टिम विश्वकपमा सोझै छनोट हुने टुङ्गो आईतबार लाग्नेछ ।
लुका मोड्रिच सहितका खेलाडी गोल गर्दा सन् २०१८ को विश्वकपको फाइनल खेलेको क्रोएसियाले माल्टामाथि प्रभावशाली जित निकाल्यो ।
सोही समुहको अर्को खेलमा रसियाले साइप्रसलाई ६–० ले स्तब्ध पार्यो । रसियाले समूहमा दुई अंकको अग्रता लिएको छ । आईतबार बराबरीको नतिजाले मात्र टिमलाई विश्वकपमा छनोट गराउनेछ । अलेक्सान्द्र एरोखिनले दुवै हाफमा गोल गरेको खेलमा फेडर स्मोलोव, एन्ड्री मोस्टोवाय, अलेक्सी सुतोर्मिन र एन्टोन जाबोलोटनीले गोल गरेका थिए ।
यता, इभान पेरिसिस प्रेरित क्रोएसियाले छैटौ मिनेटमा टिमलाई अघि बढाएका थिए । डुजे कालेटा कारले क्रोएसियाको अग्रता दोब्बर बनाएका थिए ।
मार्सेलो ब्रोजोविकले आत्मघाति गोल गरेपछि माल्टाले गोल अन्तर २–१ मा झारेको थियो । तर मारियो पासालिक र मोड्रिकले गोल गर्दै खेल ४–१ को अवस्थामा पुर्याए ।
क्रोएसियाले तेस्रो स्थानको स्लोभाकियासँग ९ अंकको अग्रता लिएको छ । सोही समूहको अर्को खेलमा स्लोभाकिया र स्लोवेनियाले २–२ गोलको बराबी खेल्दै अंक बाँडेका छन् ।
समूह एचमा रसिया २२ अंक सहित शीर्ष स्थानमा छ । क्रोएसिया २० अंक सहित दोस्रो स्थानमा छ ।