एजेन्सी । विश्वकप फुटबलको युरोपेली छनोटमा आयरल्याण्ड र पोर्चुगलले गोल रहित बराबरी खेलेका छन् ।
बिहीबार राति पोर्चुगलले घरेलु टोली आयरल्याण्डसँग बराबरी खेल्दै अंक बाँडेको छ ।
पोर्चुगलका डिफेन्डर पेपे रातो कार्ड खादै मैदान बाहिरिएपछि पोर्चुगलले अन्तिम ९ मिनेट १० खेलाडीमा सिमित बनेको थियो ।
आयरल्याण्डको विश्वकपको यात्रा टुङ्गिसकेको छ । समूह एमा पोर्चुगल र सर्बियाको समान १७ अंक छ । छनोटमा दुवै टिमले मात्र एक खेल बाँकी रहेको छ ।
सेप्टेम्बरमा पहिलो खेलमा रोनाल्डो प्रेरित पोर्चुगलले आयरल्याण्डलाई २–१ ले हराएको थियो । हारतर्फ उन्मुख पोर्चुगललाई खेलको अन्तिम समयमा रोनाल्डोले दुई गोल गर्दै जित दिलाएका थिए ।
अविवा रंगशालामा करिब ५० हजार घरेलु दर्शक अघि आयरल्याण्डले पोर्चुगललाई निराश पार्यो । ८१ औं मिनेटमा पोर्चुगाली डिफेन्डर पेपेले दोहोरो पहेलो कार्ड खाएका थिए ।
पोर्चुगलले अब आईतबार सर्बियासँग प्रतिस्पर्धा गर्नेछ । सोही कारण पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले म्यानचेस्टर सिटीका रुबेन डायस र जोआओ केन्सिलो तथा लिभरपुलका डिएगो जोटालाई बेन्चमा राखेका थिए ।
समूह एमा शीर्ष स्थानको पोर्चुगलको १७ अंक छ । दोस्रो स्थानको सर्बियाको समेत समान १७ अंक छ । आयरल्याण्ड ६ अंक सहित तालिकाको चौथो स्थानमा छ ।