काठमाडौं । स्कटल्यान्ड फुटबल टिमका पूर्व प्रशिक्षक वाल्टर स्मीथको निधन भएको छ ।
स्कल्यान्डको फुटबल क्लब रेन्जर्स तथा इंग्लिस क्लब एर्भटनकोसमेत पूर्व प्रशिक्षक रहेका स्मीथको ७३ वर्षको उमेरमा निधन भएको हो ।
रेन्जर्सलाई २१ वटा उपाधि दिएका स्मीथलाई विल स्ट्रथपछिकै सफल प्रशिक्षक मानिन्छ ।
सन् १९९० को दशकमा स्मीथले रेन्जर्सलाई नौ वर्षमा सातवटा उपाधि दिलाएका थिए ।
उनले एर्भटनसंगै स्कटल्यान्डका अन्य दुईवटा क्लबको प्रशिक्षकको रुपमा समेत काम गरेका थिए ।
स्मीथको निधन यस्तो समयमा भएको छ जतिबेला रेन्जर्सले लिगको उपाधि हात पारेको छ ।
यस अघि रेन्जर्सले सन् २०११ मा लिगको उपाधि जित्दा क्लबमा स्मीथको अन्तिम वर्ष थियो ।