काठमाडौं । भक्तपुर नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा सान्त्वना जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार पुतलीबजार नगरपालिकालाई ८-१ गोल अन्तरले पराजित गर्दै भक्तपुरले पहिलो जित निकालेको हो ।\
भक्तपुरको जितमा कप्तान करुणा परियारले ह्याट्रिक गोल गरिन् ।
यस्तै मनिषा बास्कोटा र शिम्रन बस्नेतले दुई दुई गोल गरिन् ।
अजिता घर्तिमगरले एक गोल गरिन् ।
पुतलीबजारकी जोस्निका मरासिनीले एक गोल फर्काईन् ।
यस जितसँगै समूह सी को भक्तपुरले प्रतियोगिताको सुखद अन्त्य गरेको छ।
यस समूहबाट बाँसगढी नकआउट चरणमा पुगिसकेको छ ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार पाउने छन् ।