काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोले सहज जित निकालेको छ ।
सोमबार राति भएको खेलमा सेल्टाले ९ खेलाडीमा सिमित गेटाफेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
सेल्टाको जितमा सान्टी मिनाले दुई गोल गरे । इयागो आसपसले एक गोल गरे ।
खेलको ५५ औं मिनेटमा मिनाले गोल गर्दै सेल्टालाई सुरुआती अग्रता दिलाएका थिए ।
५८ औं मिनेटमा आसपसले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

६३ औं मिनेटमा डेजनले रातो कार्ड पाएपछि गेटाफे १० खेलाडीमा समेटिएको थियो ।
खेलको ७३ औं मिनेटमा मिनाले व्यक्तिगत दोस्रो गोल गर्दै सेल्टालाई ३-० को जित दिलाए ।
त्यस्तै खेलको ८१ औं मिनेटमा चेमाले रातो कार्ड पाएपछि गेटाफे ९ खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै सेल्टाले १० अंक जोडेको छ ।
सेल्टा १४ औं स्थानमा रहेको छ ।
गेटाफे २ अंक जोडेर पुछारमा रहेको छ ।