काठमाडौं । मोहमद सलाहले आफ्नो खेल जीवन लिभरपुलबाटै अन्त्य गर्ने चाहना व्यक्त गरेका छन् ।
स्काई स्पोर्ट्ससँगको अन्तर्वातामा सलाहले खेल जीवन भर लिभरपुलमै बस्ने चाहना व्यक्त गरेका हुन् ।
'अहिले म आफूलाई लिभरपुलविरुद्ध खेलेको देख्न सक्दिन । यो गाह्रो छ । यस बारेमा कुरा गर्न चाहन्न । यसले मलाई साँच्चै दुखी तुल्याउँछ,' उनले भने ।
२९ वर्षीय फरवार्डले लिभरपुलका लागि २ सय १४ खेलमा १ सय ३७ गोल गरेका छन् ।
इजिप्टका फरवार्ड सलाह २०१७ मा रोमाबाट लिभरपुल आएका थिए ।
यस सिजन उनले १२ गोल गरिसकेका छन् ।
सलाहले आफ्नो भविष्य आफ्नो हातमा नरहेको समेत बताए ।
'यो मेरो हातमा छैन । तर, तपाईले सोध्नु हुन्छ भने म मेरो अन्तिम दिनसम्म यहाँ बस्न चाहन्छु । यो मेरो हातमा छैन, क्लबमा निर्भर हुन्छ, क्लब के चाहन्छ,' उनले थपे ।
लिभरपुलसँग सलाहको सम्झौता अझै बाँकी रहेको छ । उनको सम्झौता आगामी सिजन सकिने छ ।