एलिनाज एरेना ‘फुल हाउस’ अपेक्षा गर्दै

काठमाडौं । पछिल्लो १८ महिनायता पहिलो पल्ट बायर्न म्युनिखको घर एलिनाज एरेनाले यस सप्ताहन्त ‘फुल हाउस’ को अपेक्षा गर्न सक्नेछ ।
शनिबार हुने खेलमा जर्मन बुंडेसलिगाको शीर्ष स्थानमा रहेको बायर्नले होफनहायनको सामना गर्नेछ । त्यसमा एउटा व्यक्ति भने पक्कै हुने छैनन् र ती हुन्, बायर्नका प्रश्क्षिक जुलियन नागेलसमन ।
उनी आफैलाई कोभिड १९ संक्रमित बनाएको छ । तर एलिनाज एरेनाले भने पहिलो पल्ट ‘फुल हाउस’ मा खेलाउने अनुमती पाएको छ । त्यसैले हुन सक्छ, यस खेलका लागि ७५ हजार दर्शक आउने छन् । तर यसका लागि पनि दर्शकले खोप लगाएको अथवा कोभिड १९ परीक्षण नेगेटिभ आएको नतिजा देखाउनु पर्नेछ ।
बायर्न अध्यक्ष हबर्ट हाइनरले भनेका छन्, ‘हामी सबै खुसी छौं, किनभने हामीले भरिएको घरेलु मैदान हेर्न पाउने छौं । यो हाम्रा सबै खेलाडीका लागि प्रेरणा दिने विषय हुनेछ । यसले खेलमा रौनकता पनि थप्नेछ ।’ बायर्नले मध्य साता च्याम्पियन्स लिगमा बेनफिकालाई पराजित गर्दा पनि प्रशक्षिक नागेलसमन भने थिएनन् ।
–एएफपीको सहयोगमा ।