काठमाडौं । लियोनल मेस्सीले यस सप्ताहन्त पहिलो पल्ट फ्रान्सेली फुटबलको सबैभन्दा ठूलो प्रतिद्वन्द्वीताको स्वाद चाख्ने छन्, जति बेला लिग वानमा आइतबार उनको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मार्सेको सामना गर्नेछ ।
यी दुई टिमबीचको भिडन्तलाई ‘ले क्लासिके’ भन्ने गरिन्छ । सन् १९९० यता यो प्रतिद्वन्द्वीता सुरु भएको हो ।
त्यति बेला मार्से फ्रान्सेली फुटबलको नम्बर १ थियो र उसले केही समयकै लागि भए पनि युरोपमा आफ्नो प्रभुत्व कायम राखेको थियो ।
अचेल यस्तो दिन रहेन्, पीएसजीमा कतारी लगानी खनिएपछि मार्से हराए जस्तै भएको छ । पछिल्लो एक दशकमा पीएसजी एकै पल्ट मात्र मार्सेको हातबाट पराजित भएको छ ।
अन्यथा जित सबै पीएसजीकै नाममा हुने गरेको छ । तर पनि पुरानो प्रतिद्वन्द्वीता भने मेरेको छैन् । एक सिजन अगाडि पीएसजीले युरोपेली च्याम्पियन्स लिगको उपाधि जित्न नसक्दा सबैभन्दा खुसी हुने थिए, मार्सेकै समर्थक । यस्तो छ, यी दुईको प्रतिद्वन्द्वीता । एकको दु:खमा अर्को खुसी हुने ।
पीएसजीका मिडफिल्डर आन्द्रे हरेरा पनि मान्छन्, जति जति बेला मार्सेविरुद्ध खेल हुन्छ, त्यो कहिले पनि सजिलो हुन्न, चाहे परिस्थिति जस्तै होस।
अहिले यही प्रतिद्वन्द्वीतामा मेस्सी थपिएका छन् । जति बेला उनका पुरानो क्लब बार्सिलोनाले रियल मड्रिडको सामना गर्नेछ, त्यस लगतै मेस्सीले लगभग उत्तिकै प्रतिद्वन्द्वीताको खेल खेल्नेछ ।
–एएफपीको सहयोगमा ।