काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा प्राप्त उत्कृष्ट पुर्नआगमन जितपछि म्यानचेस्टर युनाइटेड खुबै खुसी छ ।
तर यस लगतै उसले एक अर्को ठूलो परीक्षाको सामना गर्दैछ र यो हो, इंग्लिस प्रिमियर लिगको खेलका लागि उसको खास प्रतिद्वन्द्वी लिभरपुल पाहुना बनेर ओल्ड ट्राफोर्डमा आउँदैछ ।
यो एक प्रकारले उपाधि होडमा निर्णायक हुन सक्ने खेल पनि हुनेछ । अर्कोतर्फ चोटका कारण रोमेलु लुकाकु र टिमो वार्नरलाई गुमाएको चेल्सीले नरविचको सामना गर्दा आफूलाई सम्हालेर खुल्ने पर्नेछ ।
यस्तै स्टिभ ब्रुसको बर्खास्तीपछि न्युसकाल युनाइटेडले क्रिस्टल प्यालेसको सामना गर्नेछ, तर सबैका नजर हुनेछ, यही म्यानचेस्टरविरुद्ध लिभरपुलकै खेलमा ।
/cdn.vox-cdn.com/uploads/chorus_image/image/69261955/1298159202.0.jpg)
क्रिस्टियानो रोनाल्डोको गोलले च्याम्पियन्स लिगमा म्यानचेस्टरले एटलान्टामाथि गज्जबको जित निकालेको थियो । त्यस अगाडि ओले गन सोल्सारको टिम एक समय दुई गोलले पछाडि थियो । यो जित त्यति बेला बेकार सावित हुन सक्नेछ, जति बेला म्यानचेस्टर घरमै लिभरपुलको हातबाट पराजित हुनेछ ।
म्यानचेस्टर दोस्रो स्थानमा रहेको लिभरपुल भन्दा चार अंकले पछाडी छ । टिम आफै लिगका पछिल्ला तीन खेलमा जितहीन रहेको छ । लिभरपुल आफै भने लयमा छ, तर उसले यो खेल गुमाउँछ भने त्यो योगर्न क्लोपका लागि पनि ठूलो धक्का हुनेछ । यो यस्तो खेल हो, जसमा दुवै टिम हार बेहोर्न तयार हुने छैन् ।
–एएफपीको सहयोगमा ।