काठमाडौं । यो सप्ताहन्त युरोपका प्रमुख लिगमा खुबै मज्जाका खेल हुनेछन् र त्यसमा एक रहेको छ, रियल मड्रिडविरुद्ध बार्सिलोनाको खेल । यसलाई सबैभन्दा ठूलो खेल भन्दा पनि हुन्छ ।
त्यो भनेको, ‘एल क्लासिको’ । हामीले सुन्दै आएका छौं, जति जति बेला रियलले बार्सिलोनाको सामना गर्छ, स्पेनका गल्ली गल्ली सुनसान हुने गर्छन्, किनभने सबै यही खेलमा झुमिने छन् ।
बुधबार राति बार्सिलोनाका सै खेलाडी एउटा रेस्टुरेन्टमा भेला भएका थिए । यो अवसर थियो, अन्सु फातीले क्लबसँग गरेको नयाँ अनुबन्धको खुसी मनाउने ।
तर भित्री कारण यो पनि थियो, यही ‘एल क्लासिको’ का लागि सबै खेलाडी मानसिक रूपमा तयार हुने । यसपल्टको यो खेल बार्सिलोनाका लागि किन पनि महत्त्वपूर्ण छ भने लिग उपाधिको होडमा उसको स्थिति ठीक छैन् ।
/cdn.vox-cdn.com/uploads/chorus_image/image/69105372/1282043446.0.jpg)
त्यसैले बार्सिलोनाले यो खेल जितेर आफूलाई फेरि बलियो बनाउन सक्छ । त्यसमाथि भर्खरै उसले युरोपेली च्याम्पियन्स लिगमा डायनामो किभलाई हराएको छ । यो खेल प्रशिक्षक रोनाल्ड कोमनका लागि पनि उत्तिकै निर्णायक सावित हुनेछ । आखिरमा बार्सिलोना समर्थक पक्कै पनि आफ्नो टिम रियलविरुद्ध पराजित होस भन्न चाहन्छ ।
फेरि खेल क्याम्प नाउमा हुनेछ, त्यसको अर्थ बार्सिलोनाले आफ्नै दर्शक अगाडि खेल्ने पाउनेछ । त्यसैले यो रियलमाथि बलियो दावा बोल्ने अवसर पनि हुनेछ ।
यसबीच के पनि निश्चित भने रियलले कमजोर चुनौती पेस गर्ने छैन् । बार्सिलोनालाई चोट पुर्याउन सक्छ भने त्यो रियलको सफलता नै हो ।
–एएफपीको सहयोगमा ।