काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डका स्ट्राइकर अर्लिङ हालाण्ड केहि साता मैदान बाहिर रहने छन् ।
चोटको कारण हालाण्ड केहि साता मैदान बाहिर रहने भएका हुन् ।
डर्टमण्डले हालाण्डको 'हिप इन्जुरी' भएको जनाएको छ ।
नर्वेका फरवार्डले शनिबार हुने अर्मिनियाविरुद्धको खेल समेत गुमाउने छन् ।
२१ वर्षीय फरवार्डले सामाजिक संजालबाट आफु बलियो भएर फर्किने बताएका छन् ।
हालाण्डले यस सिजन सबैखाले प्रतियोगिताको १० खेलमा १३ गोल गरिसकेका छन् ।