काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम इन्डोनेसियाको यू-२३ टिमसँग पराजित भएको छ ।
ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा शुक्रबार नेपाल इन्डोनेसियासँग २-० गोलको हार व्यहोरेको हो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो ।
इन्डोनेसियाको जितमा सागारा र विटानले एक एक गोल गरे ।
खेलको ५५ औं मिनेटमा सागाराले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको इन्जुरी समयमा विटानके गोल गर्दै इन्डोनेसियालाई २-० को जित दिलाए ।

एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलको हो ।
छनोटमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।
नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।
यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।
छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।
उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।