काठमाडौं । कन्काई नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा गोदावरी नगरपालिकालाई १२-० गोल अन्तरले हराउँदै कन्काईले सुखद सुरुआत गरेको हो ।
कन्काईको जितमा कुसुम खतिवडाले ६ गोल गरिन् । कप्तान लक्ष्मी श्रेष्ठले ४ गोल गरिन् ।
मनिका तुम्रुक र इमा राईले एक एक गोल गरिन् ।
यस अघि बागमती नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ९-० ले हराएको थियो ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार पाउने छन् ।