काठमाडौं । बागमती नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको उद्घाटन खेलमा महालक्ष्मी नगरपालिकालाई ९-० गोल अन्तरले हराउँदै बागमतीले सुखद सुरुआत गरेको हो ।
राष्ट्रिय खेलाडीले भरिएको बागमतीले महालक्ष्मीमाथि एकतर्फी जित निकालेको हो ।
बागमतीको जितमा रश्मी कुमारी घिसिङले ५ गोल गरिन् ।
रेनुका नगरकोटीले २ तथा सदिमा ब्लोन र अनु राईले एक एक गोल गरिन् ।

प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार पाउने छन् ।