काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार अन्सु फातीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
बार्सिलोनाले १८ वर्षीय युवा स्ट्राइकरले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको छ ।
सम्झौता नवीकरणसँगै फाती सन् २०२७ सम्म बार्सिलोनामा रहने छन् ।
बार्सिलोनाले फातीको रिलिज क्लउज १ विलियन युरो राखेको छ ।

१० वर्षको उमेरबाट बार्सिलोनामा रहेका फातीले १० नम्बरको जर्सी लगाएर यस सिजन खेलिरहेका छन् ।
बार्सिलोनासँग सम्झौता नवीकरण गर्ने उनी दोस्रो युवा खेलाडी हुन् । यस अघि पेड्रीले सम्झौता नवीकरण गरेका थिए ।
फातीले बार्सिलोनाका लागि ४७ खेलमा १५ गोल गरिसकेका छन् ।
स्पेनका लागि उनले ४ खेल खेलिसकेका छन् ।
