एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बुधबार राति बायर्न म्युनिखले बेन्फिाकामाथि शानदार जित निकालेको छ ।
समूह ई को खेलमा जर्मन फुटबलको प्रभाव कायमै राख्दै बायर्नले बेन्फिकालाई ४–० ले हरायो ।
बायर्नको जितमा लोरी सानेले दुई र रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । बायर्नले एक आत्मघाति गोल उपहार पायो ।
ती सबै गोल खेलको अन्तिम २० मिनेटमा सम्भव भएको थियो ।
७० औं मिनेटमा सानेले पाहुना टोली बायर्नलाई अग्रता दिलाए । त्यसको १० मिनेटपछि सोसा सोरेसको आत्मघाति गोलमा बायर्न २–० ले अघि बढ्यो ।
त्यसको दुई मिनेटमा लेवान्डोस्कीले बायर्नलाई ३–० को अवस्थामा पुर्याए । पुन त्यसको दुई मिनेटमा सानेले व्यक्तिगत दोस्रो गोल गरे ।
बायर्नले समूहमा दोस्रो स्थानको बेन्फिाकासँग ५ अंकको अग्रता लिएको छ । बायर्नको ९ र दोस्रो स्थानको बेन्फिाकाको ४ अंक छ ।