काठमाडौं । क्रिस्टियानो रोनाल्डोको गोलमा म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा उत्कृष्ट पुनरामगन जित निकालेको छ ।
बुधबार राति युनाइटेडले समूह एफको खेलमा पहिलो हाफमा २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै एटलान्टालाई ३–२ गोल अन्तरले हराएको हो ।
युनाइटेडको जितमा रोनाल्डोले विजयी गोल गरे ।
खेलमा अग्रता पाहुना टोली एटलान्टाले १५ औं मिनेटमा मारियो पासालिसको गोलमा लिएको थियो । मेरिह डिमिरलले २८ औं मिनेटमा इटालियन क्लबको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा युनाइटेडमा खेलमा फर्कियो । ५३ औं मिनेटमा मार्कुस रासफोर्डले युनाइटेडका लागि पहिलो गोल गरे । उनले ब्रुनो फर्नान्डेजको पासलाई सदुपयोग गर्दै गोल गरे ।
इडिन्सन काभानीको पासलमा ७५ औं मिनेटमा ह्यारी मागुइरीले युनाइटेडका लागि बराबरी गोल फर्काए । खेल सकिन ९ मिनेट अघि रोनाल्डोले गोल युनाइटेडलाई जित दिलाएका थिए । कर्नरकाे नजिकबाट लुका साको बलमा ट्रेडमार्क हेड गोल गर्दै रोनाल्डोले युनाइटेडलाई जित दिलाएका हुन् ।
समूह एफको खेलमा युनाइटेड शीर्ष स्थानमा उक्लिएको छ । उसले ३ खेलबाट ६ अंक जोडेको छ । एटलान्टा ४ अंक सहित दोस्रो स्थानमा छ ।