स्वर्णधारी मन्दे र मुकुन्द्र स्वदेश फर्किए
शनिबार, असोज २३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडी मन्देकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन शनिबार स्वदेश फर्किएका छन् ।
अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा मन्देले दोहोरो स्वर्ण पदक जितेका थिए । मुकुन्द्रले १ स्वर्ण र १ कांस्य हात पारेका थिए ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य इन्दिरा निरौलालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
प्रतियोगितामा सहभागी अर्का नेपाली खेलाडी सुमन तिमल्सिना यसअघिनै स्वदेश फर्किसकेका छन् । सुमनले पनि १ स्वर्ण र १ कांस्य हात पारेका थिए ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


