गोड स्पिन टेटे हुने
आइतबार, १७ आश्विन २०७८खेलपाटी संवाददाता
काठमाडौं । गोड स्पिन टेबलटेनिस एकेडेमीको आयोजनामा प्रथम गोड स्पिन कप टेबलटेनिस प्रतियोगिता असोज २१ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुष-महिला खुला सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।
करिब २ सय ५० खेलाडीको सहभागिता रहने छ । असोज २७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु गाबहालस्थित एकेडेमीको आफ्नै भवनमा हुनेछ ।







-1753545694.jpg&w=3840&q=75)


-1764813103863.webp&w=3840&q=75)
-1764812815251.webp&w=3840&q=75)


