आर्मीलाई हराउँदै एपीएफ फाइनलमा
शुक्रबार, असोज १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । साविक विजेता एपीएफ क्लब छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
रोमान्चक बनेको खेलको पहिलो सेट एपीएफले २७-२५ ले जितेको थियो । दोस्रो र तेस्रो सेटमा आर्मीले २५-२१ र २७-२५ को जित निकाल्यो ।
चौंथो सेट एपीएफले २६-२४ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो ।
त्यसपछि पाँचौ सेटमा १५-१३ को जित निकाल्दै एपीएफ फाइनल पुगेको हो ।
अब एपीएफले उपाधिका लागि न्यु डायमन्ड र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ ।
न्यु डायमन्ड र पुलिसबीचको दोस्रो सेमिफाइनल खेल केहि समयपछि सुरु हुनेछ ।










copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)
