नरहरिपुर टिम च्याम्पियन

काठमाडौं । नरहरिपुर डोजोले प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।
३ स्वर्ण, २ रजत र ३ कांस्यसाथ नरहरिपुर समग्रमा टिम च्याम्पियन बनेको हो ।
शंखधर शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा वादोकाइ दोश्रो भयो । वादोकाइले ३ स्वर्ण र २ कांस्य जित्यो । २ स्वर्ण, १ रजत र १ कांस्य जितेको चन्द्रागिरी बेसिक सितोरियोले तेश्रो स्थानमा चित्त बुझायो ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार जिते ।
करातेतर्फ पुरुषमा लगनखेलका विपिनसिंह दर्जी तथा महिलामा चन्द्रागिरी बेसिककी स्वस्तिका केसी उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्टले माउन्टेन बाइक पुरस्कार स्वरुप प्राप्त गरे ।
दुईदिने प्रतियोगितामा ४ सय ७५ खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक मन्डेकाजी श्रेष्ठले जनाएका छन् ।








-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)




-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)