• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
महिला राष्ट्रिय फुटबल टोलीमा पाँच नयाँ अनुहार, को को अटाए ?
नमीन ढकाल
आइतबार, असोज २१, २०७५ नमीन ढकाल
महिला राष्ट्रिय फुटबल टोलीमा पाँच नयाँ अनुहार, को को अटाए ?

काठमाडौं । जापानमा आयोजना हुने सन् २०२० को ओलम्पिक खेलका लागि एसिया छनोट खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा आइतबार भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले २२ सदसीय नेपाली टोलीको घोषणा गरेको हो ।  रेनुका नगरकोटीको कप्तानीमा घोषणा गरिएको नेपाली टोलीमा पाँच नयाँ खेलाडी रहेका छन् ।

मुख्य प्रशिक्षक हरि खड्काले पाँच खेलाडीलाई मौका दिएका छन्  । नेपाली टोलीमा सशत्र प्रहरीको एपीएफ क्लबबाट दुई, त्रिभुवन आर्मीबाट दुई र नेपाल पुलिसबाट एक खेलाडीले नेपाली टोलीमा स्थान बनाएका छन् ।

नेपाली टोली केहि साता नेपालमा तयारी गरेर चीनमा अभ्यास खेलमा लागि जानेछ । नेपालले चीनमा मैत्रीपूर्ण खेल खेल्नेछन् ।

ओलम्पिकका लागि एसिया छनोटमा नेपाल समूह 'सी' मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र म्यानमार रहेका छन् ।

छनोट अन्तर्गत नेपाल रहेको समूहको छनोट खेल नोभेम्बर ८ देखी ११ सम्म हुनेछ । नेपालले नोभेम्बर ८ मा भारत, ११ मा म्यानमार र १३ मा बंगलादेशसंग खेल्नेछन् । तर, खेल आयोजना हुने स्थलको तय भएको छैन ।

नेपाली टोलीका पहिलोपटक परेका पाँच खेलाडी कस्ता छन् ?  पाँच खेलाडीबारे जान्नुहोस् ।

दिपा न्यौपाने 

उमेर – २२

पोजिसन – राईट विङ्गर

नेपाल पुलिस क्लबको महत्वपूर्ण सदस्य दिपा न्यौपाने पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउन सफल भएकी हुन् । पुलिसमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी दिपा यसअघि क्लोज क्याम्पमा परेपनि अन्तिम समयमा टिमबाट बाहिरिदै आएकी थिइन् ।

राईट विङ्गर दिपा साउन ७ देखि १५ सम्म आयोजना भएको उपराष्ट्रपति कप महिला लिगमा उत्कृष्ट प्रर्दशन गर्दै राष्ट्रिय टोलीमा पर्न सफल रहेकी हुन् 

 

अनिता केसी

उमेर – २१

पाजिसन – स्ट्राइकर

अनिता केसी विभागीय टोली एपीएफ क्लबका महत्वपुर्ण सदस्य हुन्  । पछिल्लो पटक अन्तिम समयमा आएर टिममा पर्न असफल अनिता यसपटक भने नेपाली टोलीमा अटाउन सफल भईन । पहिलो पटक राष्ट्रिय टोलिमा पर्न सफल अनिता साउन ७ देखि १५ सम्म आयोजना भएको उपराष्ट्रपति कप महिला लिगमा उत्कृष्ट प्रर्दशन गरेकी थिइन् ।

उक्त प्रतियोगितामा अनिताले पहिलो खेलमा काठमाडौंविरुद्ध ह्याट्रिक गर्न सफल भएकी थिइन् । अर्को खेलमा अनिताले पुलिसविरुद्ध एक गोल गरेकी थिइन् । एपीएफ प्रतियोगिताको विजेता भएको थियो ।

 

रुपा राना मगर

उमेर – २४

पोजिसन – गोलकिपर

यसअघि दुई पटक क्लोज क्याम्पमा रहेर पनि अन्तिम समयमा रुपा राना मगर टिमबाहिर रहेकी थिइन् । तर, रुपाले तेस्रो पटकमा राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी छिन् ।

रुपा विभागीय क्लब एपीएफबाट खेल्दै आएकी छिन् । पछिल्लो समय आयोजना भएको उपराष्ट्रपति कप महिला लिग अन्तर्गत रुपाले दुई खेलमा पोष्ट समाल्ले अवसर पाएकी थिइन् । उनको टिम प्रतियोगीताको विजेता भएको थियो ।

 

विमला चौधरी

उमेर – २१

पोजिसन – लेफ्ट विङ्गर

विमला चौधरी विभागीय टोली नेपाल आर्मीको महत्वपुर्ण सदस्य हुन् ।  र, विमलाले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी हुन् ।

पछिल्लो समय उपराष्ट्रपति कप महिला लिग भने विमलाका लागि बिर्सनलायक रह्यो । नेपाल पुलिस क्लबविरुद्धको पहिलो खेलमा कुममा लागेको चोटले उनले पुरै लिग गुमाउन पुगिन् । प्रतियोगीतामा नेपाल आर्मी दोस्रो भएको थियो ।

इन्दिरा राई

उमेर – २१

पोजिसन – सेन्टर मिडफिल्डर

विभागीय टोली नेपाल आर्मी क्लबबाट खेल्दै आएकी इन्दिरा राई पहिलो पटक राष्ट्रिय टिममा पर्न सफल भएकी हुन् ।

नेपाली आर्मी क्लबको पहिलो रोजाईमा रहदै आएकी इन्दिरा यसअघि अन्तिम समयमा आएर टोली बाहिर रहदै आएकी थिइन् ।

पछिल्लो समय उपराष्ट्रपति कप महिला लिगमा इन्दिराले सबै खेल खेल्दै एक गोल गरेकी थिइन् ।

 

नेपाली टिम :

गोलकिपर : एन्जिला तुम्बोप्पो सुब्बा, रुपा राना मगर, लिला लाम्गाडे

डिफेन्डर : गिता राना, रञ्जना दर्जी, हिरा कुमारी भुजेल, मनमाया लिम्बु, अमृता जैसी, मेनुका गिरी, कबिता धिमाल, पुनम मगर

मिडफिल्डर : रेनुका नगरकोटी, दिपा राई, इन्दिरा राई, विमला चौधरी, दिपा अधिकारी, अनिता वस्नेत, दिपा न्यौपाने

स्ट्राइकर : अनिता केसी, सावित्रा भण्डारी, निरु थापा, सर्मिला थापा

मुख्य प्रशिक्षक - हरि खड्का

प्रशिक्षक - मृगेन्द्र मिश्र

टिम म्यानेजर - कमला हरिचन थकाली

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP