• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिगको दबाबले राम्रो गर्न सकेनौ : कप्तान बिराज
विश्वास थापा
आइतबार, असोज २१, २०७५ विश्वास थापा
लिगको दबाबले राम्रो गर्न सकेनौ : कप्तान बिराज

काठमाडौं । साबिकको विजेता नेपालले बंगलादेशमा पाँचौ संस्करणको बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरियो ।

पहिलो खेलमा ताजकिस्तान र दोस्रो खेलमा प्यालेस्टाइनसंग पराजित भएपछि समूह 'ए' को नेपाल अंक बिहिन बन्दै घर फर्कियो । नेपाली राष्ट्रिय टोली आइतबार नै स्वदेश आइपुगेको छ ।

साबिकको विजेताको हैसियतले बंगलादेश गएको नेपाली टोली दोस्रो चरणमै नपुगी फर्किएपछि आलोचित बन्न पुगेको छ । नेपाली टोलीले किन उच्च प्रदर्शन गर्न सकेन ? लगायतका प्रश्नहरु आउने थालेको थियो ।

तर, नेपाली टोलीका कप्तान बिराज महर्जनले राजधानीमा सुरु भएको 'ए' डिभिजन लिगको दबाबले राम्रो गर्न नसकेको बताएका छन्  । उनले नेपाली टोलीका अधिकांस सदस्यको चासो लिगमा रहेको कारण टोलीको प्रदर्शन खस्किएको बताए ।

'हामीले राम्रै प्रदर्शन गरेका थियौ । तर, हाम्रा खेलाडीलाई लिगको दबाब भयो । खेलाडीले लिगमा कसरि राम्रो गर्ने भन्ने मानसिकता भयो । त्यसैले हाम्रो खेलमा केहि कमजोरी देखियो,' स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कप्तान महर्जनले भने ।

बंगबन्धुको लागि नेपाली टोलीले केहि दिनको तयारीपछि बंगलादेश गएको थियो ।  त्यसअघि खेलाडीहरु 'ए' डिभिजन लिगका लागि क्लबमा व्यस्त रहेका थिए । अब पुन: खेलाडी क्लबमा व्यस्त हुनेछन् ।

यस्तै कप्तान बिराजले तीन खेलाडी घाइते हुँदा टोलीमा समस्या आएको समेत बताए । कप्तान महर्जनले भने, 'हाम्रा तीन जना खेलाडी घाईते भए । त्यहिँ कारण खेलमा दबाव भएको थियो ।'

प्यालेस्टाइनविरुद्ध कप्तान बिराज र अनन्त तामाङ मैदान उत्रेनन ।  घाइते बाबजुत आदित्य चौधरी भने मैदान उत्रिएका थिए । जुन खेल नेपालले प्यालेस्टाइनसंग १ - ० ले हारेको थियो । त्यसअघि समूह चरणको पहिलो खेलमा नेपाल ताजकिस्तानसंग २ - ० ले स्तब्ध भएको थियो ।

तर, कप्तान बिराजले नेपालले दुवै टोलीविरुद्ध उत्कृष्ट खेलेको दाबी गरे । कप्तान बिराजले भने, 'हामीले ताजकिस्तान भन्दा प्यालेस्टाइनसंग केहि राम्रो खेल पस्केका हौ ।  त्यसको आधार गोल किपर विकेश कुथु म्यान अफ दि म्याच हुनु हो । हामीले दुबै खेलमा उत्कृष्ट प्रदर्शन गर्यौ । तर, गोल स्कोर गर्न नसकेर हामीले हार बेर्हाेर्नु परेको हो ।'

नेपाली टोलिका प्रशिक्षक बाल गोपाल महर्जनले भने नेपालको हारको मुख्य कारण कठिन प्रतिद्वन्द्वी भएको बताए ।

'हामिले हाम्रो टोली भन्दा बालियो टोलिसंग प्रतिस्पर्धा गर्नु परेको थियो । जुन टोली फिफा वरीयतामा हामीभन्दा माथिल्लो स्थानमा छन्,' प्रशिक्षक बाल गोपालले भने, 'तर, हामीले समग्रमा राम्रो प्रदर्शन गरेका हौं ।'

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP