एजेन्सी । विश्वकपको युरोपेली छनोटमा फ्रान्सले अर्को निराशाजनक बराबरी खेलेको छ ।
शनिबार राति फ्रान्सले युक्रेनसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
सबै प्रतियोगितामा फ्रान्सको यो लगातार पाँचौ बराबरी हो ।
मायकोला शापरेन्कोले ४४ औं मिनेटमा २० यार्डको दुरीबाट गोल गर्दै घरेलु टोलीलाई शानदार सुरुवात दिलाएका थिए ।

एन्थनी मार्टियलले आफ्नो दोस्रो अन्तराष्ट्रिय गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याएका थिए । सन् २०१६ पछि मार्टियलले पहिलो पटक फ्रान्सका लागि गोल गरेका हुन् ।
समूह डीमा फ्रान्स ५ खेलबाट ९ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको फिनल्याण्डले मात्र ३ खेलबाट ५ अंक जोडेको छ । फ्रान्सले आगामी मंगलबार फिनल्याण्डसंग खेल्नेछ ।
२०२० को युरोकपमा नेदरल्याण्ड्ससंग ३–३ को बराबरीपछि फ्रान्सले लगातार पाँच खेलमा बराबरीको नतिजा निकालेको छ ।