काठमाडौं । रामेछापमा प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
गुराँसेदेवी युवा क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ३१ गतेबाट कात्तिक ४ गतेसम्म हुने जनाएको छ।
प्रतियोगिता रामेछापको दोरम्बास्थित शैलुङमा आयोजना हुनेछ। प्रतियोगितामा नेपालको चर्चित ३२ क्लबहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पाउने छन् । तेस्रोले ५० हजार र चौंथोले २५ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार पाउने छन् । उत्कृष्ट डिफेन्डर, गोलकिपर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले ५/५ हजार पाउने छन् ।