एजेन्सी । ब्राजिली प्रशिक्षक टिटेले तालमेलको कमी र मुख्य खेलाडीको अनुपस्थितीका कारण चिलीविरुद्धको खेलमा संघर्ष गर्नुपरेको बताएका छन् ।
ब्राजिलले विश्वकप छनोट अन्तर्गत बिहिबार चिलीविरुद्ध १-० को संघर्षपूर्ण जित निकालेको थियो ।
बेन्चबाट मैदान छिरेका एभर्टन रिबेरोले गोल गरेपछि ब्राजिलले जित निकालेको थियो ।
सन् २०२२ को विश्वकप छनोटमा शतप्रतिशतको जित निकाल्न ब्राजिललाई सोही गोल पर्याप्त रह्यो ।
चिलीले ब्राजिलसंग धेरै नराम्रो खेलेको थियो । तर रिबेरोले ६४ औंं मिनेटपछि गरेको गोल घरेलु टोलीलाई तीन अंक दिलाउन पर्याप्त रह्यो ।
ब्राजिलका ९ खेलाडीले प्रिमियर लिग क्लबबाट विश्वकप छनोट खेल्ने अनुमती पाएनन् । जसमा लिभरपुलका एलिसनदेखि फाबिन्हो र म्यान्चेष्टर सिटीका ग्याब्रियल जिसस र इडर्सन थिए ।
बेलायतले दक्षिण अमेरिकी देशमाथि लगाएको ह्वाई प्रतिबन्धका कारण खेलाडीलाई प्रिमियर लिग क्लबले छाड्न मानेनन् ।
'हामीसंग अवसरहरु थिए । तर समन्वयको अभाव देखियो ।' टिटेले भने, 'हामीमा तालमेलको कमी देखियो । हामीले संगै रहेर खेल्न सकेनौं । पहिलो हाफमा पनि दोस्रोमा पनि ।'
ब्राजिलको टिममा नेयमार उपस्थित थिए । उनले यस सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट मात्र एक खेल खेलेका छन् ।
टिटेले नेयमारमाथिको आलोचनालाई समेत अस्विकार गरे । उनले यसअघि नेयमार पूर्ण रुपमा फिट नभएको बताएका थिए ।
'सिजनको सुरुवातमा सबै खेलाडी प्राविधिक कारणले फर्ममा थिएनन् । उनी मात्र हैन्, कोहीपनि थिएनन् । कोही धेरै थिए, कोही काम ।' ब्राजिलियन प्रशिक्षकले भने ।
नेयमारले समेत टिमको खराब प्रर्दशनलाई कम गर्दै जितलाई बढवा दिएका छन् ।
'के हामीले राम्रो खेल्यौं ? नाई । के हामीले जित्यौं ? एस । अब अघि बढौं । हामी इतिहास बनाउन जारी राख्नेछौं ।' नेयमारले भने ।
ब्राजिलको आगामी दुई खेलमा समेत नेयमार रहनेछन् । ब्राजिलले आईतबार अर्जेन्टिना र बिहिबार पेरुसंग खेल्नेछ ।