लुम्बिनी बास्केटबलमा ९० टिम
शुक्रबार, जेठ २५, २०७५खेलपाटी संवाददाता
लुम्बिनी एकेडेमिक कलेजको आयोजनामा दोश्रो लुम्बिनी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइजतर्फ ६४ र गल्र्समा २६ टिमको सहभागिता रहने लुम्बिनीका चेयरम्यान लोकश ढकालले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
नकआउट आधारमा हुने तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार खर्च हुने प्रतियोगिता संयोजक विनोद क्षेत्रीले जानकारी गराए । खेलहरु चावहिलस्थित आयोजककै कोर्टमा हुनेछ । गत संस्करणको ब्वाइजमा ग्रेट माया र गल्र्समा लुम्बिनीले उपाधि जितेका थिए ।










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



