डेम्बेलेले ७ नम्बरको जर्सी लगाउने
२०२१ सेप्टेम्बर ३, शुक्रबार: ०१:४९ अपराह्नखेलपाटी संवाददाता

काठमाडौं । बार्सिलोनामा फरवार्ड ओसुमाने डेम्बेलेले ७ नम्बरको जर्सी लगाउने भएका छन् ।
बार्सिलोनाले शुक्रबार डेम्बेलेले ७ नम्बरको जर्सी लगाउने जनाएको छ ।
एन्टोनियो ग्रीजम्यान क्लब छाड्दै एट्लेटिको मड्रिड गएपछि डेम्बेलेले ७ नम्बरको जर्सी लगाउने भएका हुन् ।
यस अघि डेम्बेलेले ११ नम्बरको जर्सी लगाउदै आएका थिए ।