काठमाडौं । युवा फरवार्ड केयलिन एमबाप्पेले विश्वकप छनोट अन्तर्गत युक्रेन र फिनल्याण्डविरुद्धको खेल गुमाउने भएका छन् ।
फ्रेन्च फुटबल फेडेरेसनले एमबाप्पेले चोटको कारण छनोट अन्तर्गतको दुई खेल गुमाउने जनाएको छ । एमबाप्पेले पिडौलाको चोट बोकेको बताईएको छन् ।aएमबाप्पेले छनोट अन्तर्गत बोस्निया एण्ड हर्जगोभिनाविरुद्धको खेल खेलेका थिए । त्यहिँ खेलमा उनले चोट बोकेका हुन् । उक्त खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
चोट बोकेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड घर फर्किएको बताईएको छ ।
फ्रान्सले छनोट अन्तर्गत आगामी आइतबार युक्रेनसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि बुधबार फिनल्याण्डसँग खेल्नेछ ।
छनोटको समूह डी मा रहेको फ्रान्स ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।