काठमाडौं। विंगर हाकिम जिएचलाई मोरक्कोको राष्ट्रिय फुटबल टिमबाट हटाइएको छ।
चेल्सीका मिडफिल्डर जिएचलाई खराब व्यवहारको कारण टिमबाट निकालिएको हो।
विश्वकप छनोट खेल अघि उनलाई टिमबाट हटाइएको हो।
मुख्य प्रशिक्षक भाहिदले खराब आचरणको कारण उनलाई हटाइएको पुष्टि गरेका छन्।
पछिल्लो खेलमा उनले खराब व्यवहार देखाएको प्रशिक्षक भाहिदले बताएका छन्।
विश्वकप छनोटमा मोरक्कोले सुडान र गुएनासँग खेल्दैछ।
उक्त खेल खेल्ने २४ सदस्यीय टोलीमा जिएच अटाएका छैनन्।
मोरक्कोका लागि उनले ४१ खेल खेलिसकेका छन् ।