काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाईटेडमा ७ नम्बरको जर्सी लगाउने भएका छ ।
युनाईटेडले १२ वर्षपछि क्लब फर्किएका रोनाल्डोलाई ७ नम्बरको जर्सी दिएको हो ।
यस अघि एडिन्सन काभानीले ७ नम्बरको जर्सी लगाउदै आएका थिए ।
अब काभानीले २१ नम्बरको जर्सी लगाउने छन् ।
३६ वर्षीय रोनाल्डोले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् ।
यस्तै रोनाल्डोलाई सम्झौता थप गर्ने विकल्प दिईएको समेत युनाईटेडले जनाएको छ ।
यस अघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए । उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए ।
त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए ।
पाँच पटकको बालोन डी' ओर विजेता रोनाल्डो इंग्लिस क्लब छाडेर स्पेनिस क्लब रियल मड्रिड गएका थिए ।
रोनाल्डो २००९ मा स्पेनिस क्लब आएका थिए । रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए ।