एजेन्सी । विश्वकपको युरोपियन छनोट अन्तर्गत इङ्ल्याण्डले हंगेरीलाई हराएको छ ।
बिहिबार राति इङ्ल्याण्डले हंगेरीलाई ४–० ले हराएको हो ।
इङ्ल्याण्डको जितमा रहिम स्टर्लिङ, ह्यारी केन, ह्यारी म्यागुइरे र डेक्लन राइसले समान एक एक गोल गरे ।
कप्तान ह्यारी केनले सुरुवातमै इङ्लिस टिमलाई अग्रता दिने अवसर गुमाएका थिए । खेलमा अग्रता स्टर्लिङले मासन माउन्टको पासलाई सदुपयोग गर्दै दिलाए ।
स्टर्लिङको पासमा दोस्रो हाफमा केनले इङ्ल्याण्डको अग्रता दोब्बर बनाए । ६९ औं मिनेटमा लुकी साको पासमा ह्यारी म्यागुइरीले इङ्ल्याण्डका लागि तेस्रो गोल थपे ।
खेल सकिन तीन मिनेट अघि इङ्ल्याण्ड टिमका सर्वाधिक महङ्गा खेलाडी बनेका ज्याक ग्रिलिसको पासमा राइसले चौथो गोल गरेका थिए ।
विश्वकप छनोटमा इङ्ल्याण्डले समूह आइमा शतप्रतिशत जित निकालेको छ । उसले समूहको चारै खेलमा जित निकाल्दै १२ अंक सहित शीर्ष स्थानमा छ । उसले समूहमा दोस्रो स्थानको पोल्याण्डसंग ५ अंकको अग्रता लिएको छ ।
हंगेरी ७ अंक सहित समूहको तेस्रो स्थानमा छ । इङ्ल्याण्डले आगामी आईतबार वेम्बलीमा पोल्याण्डसंग खेल्दैछ ।