काठमाडौं । पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० को अग्रता बनाएको छ ।
खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
भारतका चिन्गेलसना सिंह कोनसामको ब्याक पासमा अन्जनले गोल गरेका हुन् ।
अन्जनको यो नेपालका लागि पाँचौं गोल हो ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
दोस्रो खेल आइतबार हुनेछ।