शनिबार, १६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

टिम चण्डेश्वरीले उचाल्यो गजराज कप

बिहिबार, १७ भाद्र २०७८खेलपाटी संवाददाता
टिम चण्डेश्वरीले उचाल्यो गजराज कप
Loading ad...
mustang rice ad

काठमाडौं ।  टोखास्थित टिम चण्डेश्वरीले गजराज जोशी स्मृती कप २०२१ गर्ल्स क्रिकेट फ्रेण्डली सिरिजको उपाधि उचालेको छ ।

नेपालको पहिलो धावक स्व. गजराज जोशीको जन्मजयन्तीको उपलक्षमा गजराज जोशी ट्रष्टद्वारा आयोजना गरिएकोको गर्ल्स क्रिकेट फ्रेण्डली ट्राई सिरिजमा टिम सरस्वती माथि २ – १ को जित निकाल्दै सिरिजमा कब्जा जमाएको हो ।

गोल्फुटारस्थित रोयल ईन्डोर क्रिकेट एकेडेमीमा भएको सिरिजको १२ ओभरको पहिलो खेलमा टिम सरस्वतीले ६ विकेटको जित निकाल्यो ।

टस जितेर बलिङ रोजेको सरस्वतीले चण्डेश्वरीलाई ५ विकेटको क्षतीमा ६८ रनमा रोक्न सफल भएको थियो । चण्डेश्वरीका संस्कृती फुयालले १५ बलमा २ छक्काको मद्धतमा १८ रन र बिपिषा शाहीले १० बलमा १ चौकाको मद्धतले १४ रन जोडे । टिम सरस्वतीका प्रकृती पोखरेलले ३ ओभरमा २२ रनका साथ एक विकेट र अश्मिता खरेलले ३ विकेटमा १५ रन खर्चिदै एक विकेट हात पारेकी थिईन् ।

६९ रनको लक्षका साथ मैदान छिरेको टिम सरस्वतीले १० ओभरमा १ विकेटको क्षतीमा लक्ष पुरा ग¥यो । सरस्वतीका प्लेयर अफ दि म्याच विन्दा कटुवालले ३३ बलमा १ छक्का र १ चौकाको मद्धतले ४० रन र हेलिशा गुरुङ्गले १६ बलमा १३ रन जोडिन् । चण्डेश्वरीकी विपिषा शाहीले २ ओभरमा १ विकेटका साथ १२ रन खर्चिन् ।

सिरिजको दोश्रो खेलमा टिम चण्डेश्वरीले ६ रनको जित निकाल्यो । टस हारेर पहिले ब्याटिङ्ग गरेको चण्डेश्वरीले ८.१ ओभरमा सवै ७ विकेट गुमाउँदै ७७ रन जोड्यो । प्लेयर अफ दि म्याच डल्ली भट्टले ११ बल फेस गर्दै २ छक्काको मद्धतले २१ रन जोडिन् । यस्तै संस्कृती फुयालले २२ बलमा १ छक्काको मद्धतले १६ रन र खुशी डङ्गोलले १२ बलमा १ छक्का मद्धतले १२ रन जोडिन् । बलिङ्ग तर्फ सरस्वतीका कृष्मा गुरुङ्गले २.१ ओभरमा ११ रन खर्चदै ३ विकेट र प्रकृती पोखरेलले ३ ओभरमा २९ रन खर्चदै २ विकेट हात पारिन् ।

७८ रनको लक्ष पछ्याउने क्रममा टिम सरस्वती १२ ओभरमा पुरै ७ विकेट गुमाउँदै ७१ रनमा समेटियो । सरस्वतीका हेलिशा गुरुङ्गले ३६ बलमा १ छक्को मद्धतले २९ रन र विन्दा कटुवालले २० बलमा १ चौकाको मद्धतले २२ रन जोडिन् । बलिङ तर्फ चण्डेश्वरीका डल्ली भट्टले ३ ओभरमा १२ रन खर्चदै १ विकेट र विपिषा शाहीले ३ ओभरमा १८ रन खर्चदै १ विकेट हात पारिन् ।

सिरिजको तेश्रो तथा अन्तिम खेलमा चण्डेश्वरीले ७ रनको जित निकाल्दै सिरिजमाथि कब्जा जमायो । चण्डेश्वरीले टस जितेर पहिले ब्याटिङ्ग रोज्दै ५.३ ओभरमा सवै ७ विकेट गुमाउँदै ३९ रन जोड्यो । उसका लागि प्लेयर अफ दि सोनी पाखरिनले ९ बलमा १ चौकाको मद्धतले १० रन र संस्कृती फुयालले ६ बलमा १ छक्का मद्धतले १० रन जोडिन् । बलिङ्ग तर्फ सरस्वतीकी प्रकृती पोखरेलले १ ओभरमा १६ रन खर्चदै २ विकेट र अश्मिता खरेलले १ ओभरमा दुई रन खर्चदै २ विकेट हात पारिन् ।

४० रनको लक्षका साथ प्रतिउत्तरमा उत्रेको सरस्वती ६.५ ओभरमा पुरै ७ विकेट गुमाउँदै ३२ रनमा समेटियो । सरस्वतीका हेलिसा गुरुङ्गले ७ बलमा ६ रन र विन्दा कटुवालले ७ बलमा १ चौका मद्धतले ७ रन जोडिन् । यस्तै बलिङ्ग तर्फ चण्डेश्वरीका सोनि पाखरिन र डल्ली भट्टले समान २ ओभरमा ६ रनका साथ २ विकेट हात पारे ।

बिजयी खेलाडीहरुलाई ट्रष्टका अध्यक्ष मनिष जोशी, नेपाली महिला टोलीकी पूर्व कप्तान निरा राजोपाध्याय, टोखा नगरपालिका २ का वडा अध्यक्ष दीपक राज जोशी, नेपाली काँग्रेश महासमिती सदस्य रामेश्वर के.सी.र गोकर्ण के.सी., महाधिवेशन प्रतिनिधी राजेन्द्र महर्जन, नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सदस्य एवं बागमती प्रदेश अध्यक्ष दीपक गुरुङ्ग र सचिव दामोदर भट्टाई, नेपाली काँग्रेस टाखा नगरसमितिका सचिव एवं नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सदस्य रमेश नापित लगायतले पुरस्कार वितरण गरेका थिए ।

महिला क्रिकेट टिम उत्पादन गर्ने उद्धेश्यले टोखास्थित दुई क्षेत्र सरस्वती र चण्डेश्वरीमा महिलाहरुको दुई टिम स्थापना गरि उक्त टिमका विच प्रतिस्पर्धा गराईएको प्रशिक्षक रविन जोशीले जानकारी गराए । यसले खेलाडीहरुको क्षमता अभिबृद्धि गर्नुका साथै क्रिकेटमा महिलाहरुको सहभागितालाई बृद्धि गर्न सहयोग पुग्ने गजराज जोशी ट्रष्टका अध्यक्ष मनिष जोशीले बताए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जय ट्रफीको फाइनलको निर्वाचनपछि

जय ट्रफीको फाइनलको निर्वाचनपछि

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जय ट्रफीको फाइनलको निर्वाचनपछि

जय ट्रफीको फाइनलको निर्वाचनपछि

संकटाको जितमा रिचार्डको ह्याट्रिक

संकटाको जितमा रिचार्डको ह्याट्रिक

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

 आलोचकलाई जवाफ दिँदै नेयमार

आलोचकलाई जवाफ दिँदै नेयमार

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो