• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
टिम चण्डेश्वरीले उचाल्यो गजराज कप
खेलपाटी संवाददाता
बिहीबार, भदौ १७, २०७८ खेलपाटी संवाददाता
टिम चण्डेश्वरीले उचाल्यो गजराज कप

काठमाडौं ।  टोखास्थित टिम चण्डेश्वरीले गजराज जोशी स्मृती कप २०२१ गर्ल्स क्रिकेट फ्रेण्डली सिरिजको उपाधि उचालेको छ ।

नेपालको पहिलो धावक स्व. गजराज जोशीको जन्मजयन्तीको उपलक्षमा गजराज जोशी ट्रष्टद्वारा आयोजना गरिएकोको गर्ल्स क्रिकेट फ्रेण्डली ट्राई सिरिजमा टिम सरस्वती माथि २ – १ को जित निकाल्दै सिरिजमा कब्जा जमाएको हो ।

गोल्फुटारस्थित रोयल ईन्डोर क्रिकेट एकेडेमीमा भएको सिरिजको १२ ओभरको पहिलो खेलमा टिम सरस्वतीले ६ विकेटको जित निकाल्यो ।

टस जितेर बलिङ रोजेको सरस्वतीले चण्डेश्वरीलाई ५ विकेटको क्षतीमा ६८ रनमा रोक्न सफल भएको थियो । चण्डेश्वरीका संस्कृती फुयालले १५ बलमा २ छक्काको मद्धतमा १८ रन र बिपिषा शाहीले १० बलमा १ चौकाको मद्धतले १४ रन जोडे । टिम सरस्वतीका प्रकृती पोखरेलले ३ ओभरमा २२ रनका साथ एक विकेट र अश्मिता खरेलले ३ विकेटमा १५ रन खर्चिदै एक विकेट हात पारेकी थिईन् ।

६९ रनको लक्षका साथ मैदान छिरेको टिम सरस्वतीले १० ओभरमा १ विकेटको क्षतीमा लक्ष पुरा ग¥यो । सरस्वतीका प्लेयर अफ दि म्याच विन्दा कटुवालले ३३ बलमा १ छक्का र १ चौकाको मद्धतले ४० रन र हेलिशा गुरुङ्गले १६ बलमा १३ रन जोडिन् । चण्डेश्वरीकी विपिषा शाहीले २ ओभरमा १ विकेटका साथ १२ रन खर्चिन् ।

सिरिजको दोश्रो खेलमा टिम चण्डेश्वरीले ६ रनको जित निकाल्यो । टस हारेर पहिले ब्याटिङ्ग गरेको चण्डेश्वरीले ८.१ ओभरमा सवै ७ विकेट गुमाउँदै ७७ रन जोड्यो । प्लेयर अफ दि म्याच डल्ली भट्टले ११ बल फेस गर्दै २ छक्काको मद्धतले २१ रन जोडिन् । यस्तै संस्कृती फुयालले २२ बलमा १ छक्काको मद्धतले १६ रन र खुशी डङ्गोलले १२ बलमा १ छक्का मद्धतले १२ रन जोडिन् । बलिङ्ग तर्फ सरस्वतीका कृष्मा गुरुङ्गले २.१ ओभरमा ११ रन खर्चदै ३ विकेट र प्रकृती पोखरेलले ३ ओभरमा २९ रन खर्चदै २ विकेट हात पारिन् ।

७८ रनको लक्ष पछ्याउने क्रममा टिम सरस्वती १२ ओभरमा पुरै ७ विकेट गुमाउँदै ७१ रनमा समेटियो । सरस्वतीका हेलिशा गुरुङ्गले ३६ बलमा १ छक्को मद्धतले २९ रन र विन्दा कटुवालले २० बलमा १ चौकाको मद्धतले २२ रन जोडिन् । बलिङ तर्फ चण्डेश्वरीका डल्ली भट्टले ३ ओभरमा १२ रन खर्चदै १ विकेट र विपिषा शाहीले ३ ओभरमा १८ रन खर्चदै १ विकेट हात पारिन् ।

सिरिजको तेश्रो तथा अन्तिम खेलमा चण्डेश्वरीले ७ रनको जित निकाल्दै सिरिजमाथि कब्जा जमायो । चण्डेश्वरीले टस जितेर पहिले ब्याटिङ्ग रोज्दै ५.३ ओभरमा सवै ७ विकेट गुमाउँदै ३९ रन जोड्यो । उसका लागि प्लेयर अफ दि सोनी पाखरिनले ९ बलमा १ चौकाको मद्धतले १० रन र संस्कृती फुयालले ६ बलमा १ छक्का मद्धतले १० रन जोडिन् । बलिङ्ग तर्फ सरस्वतीकी प्रकृती पोखरेलले १ ओभरमा १६ रन खर्चदै २ विकेट र अश्मिता खरेलले १ ओभरमा दुई रन खर्चदै २ विकेट हात पारिन् ।

४० रनको लक्षका साथ प्रतिउत्तरमा उत्रेको सरस्वती ६.५ ओभरमा पुरै ७ विकेट गुमाउँदै ३२ रनमा समेटियो । सरस्वतीका हेलिसा गुरुङ्गले ७ बलमा ६ रन र विन्दा कटुवालले ७ बलमा १ चौका मद्धतले ७ रन जोडिन् । यस्तै बलिङ्ग तर्फ चण्डेश्वरीका सोनि पाखरिन र डल्ली भट्टले समान २ ओभरमा ६ रनका साथ २ विकेट हात पारे ।

बिजयी खेलाडीहरुलाई ट्रष्टका अध्यक्ष मनिष जोशी, नेपाली महिला टोलीकी पूर्व कप्तान निरा राजोपाध्याय, टोखा नगरपालिका २ का वडा अध्यक्ष दीपक राज जोशी, नेपाली काँग्रेश महासमिती सदस्य रामेश्वर के.सी.र गोकर्ण के.सी., महाधिवेशन प्रतिनिधी राजेन्द्र महर्जन, नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सदस्य एवं बागमती प्रदेश अध्यक्ष दीपक गुरुङ्ग र सचिव दामोदर भट्टाई, नेपाली काँग्रेस टाखा नगरसमितिका सचिव एवं नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सदस्य रमेश नापित लगायतले पुरस्कार वितरण गरेका थिए ।

महिला क्रिकेट टिम उत्पादन गर्ने उद्धेश्यले टोखास्थित दुई क्षेत्र सरस्वती र चण्डेश्वरीमा महिलाहरुको दुई टिम स्थापना गरि उक्त टिमका विच प्रतिस्पर्धा गराईएको प्रशिक्षक रविन जोशीले जानकारी गराए । यसले खेलाडीहरुको क्षमता अभिबृद्धि गर्नुका साथै क्रिकेटमा महिलाहरुको सहभागितालाई बृद्धि गर्न सहयोग पुग्ने गजराज जोशी ट्रष्टका अध्यक्ष मनिष जोशीले बताए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
क्रिकेटर जोय सम्मानित
क्रिकेटर जोय सम्मानित
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
‘साम्बा’ले अस्ट्रेलियन लिग खेल्ने
‘साम्बा’ले अस्ट्रेलियन लिग खेल्ने
फ्रान्सेली क्लब ग्वेन्ग्याम्पबाट साम्बाले लिइन् बिदाइ
फ्रान्सेली क्लब ग्वेन्ग्याम्पबाट साम्बाले लिइन् बिदाइ
नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेबारे बंगलादेश अझै दोधारमा !
नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेबारे बंगलादेश अझै दोधारमा !
भुटान एएफसी  महिला एसियन कप छनोटबाट बाहिरियो
भुटान एएफसी महिला एसियन कप छनोटबाट बाहिरियो
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP