काठमाडौं । विश्वकपको युरोपियन छनोटमा डेनमार्कले सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा डेनमार्कले स्कटल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
डेनमार्कलाई जित दिलाउन डानिएल वास र जोकिम माहेलले एक एक गोल गरे ।
खेलको १४ औं मिनेटमा डानिएलले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको १५ औं मिनेटमा माहेलले गोल गर्दै डेनमार्कको जित सुनिश्चित गरे।

जितसँगै डेनमार्क ४ खेलमा १२ अंक जोडेको छ ।
डेनमार्क समूह 'एफ' को शीर्ष स्थानमा रहेको छ ।
स्कटल्याण्ड ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
छनोट अन्तर्गत नेदरल्यान्ड्सले नर्वेसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।