एजेन्सी । विश्वकप छनोट अन्तर्गत फ्रान्सले बराबरी खेल्दै अंक बाँडेको छ । बुधबार राति फ्रान्सले बोस्यिना हर्जगोभिनासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले बराबरी गोल फर्काएका थिए । इडिन जिकोले ३६ औं मिनेटमा पाहुना टोली बोस्यिनालाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटमा घरेलु टोलीका ग्रिजम्यानले बराबरी गोल फर्काए ।
ग्रिजम्यान भर्खरै स्पेनिस क्लब एट्लेटिको मड्रिडमा आबद्ध भएका छन् । बार्सिलोनाका ग्रिजम्यान एक वर्षका लागि लोनमा पुरानो क्लब फर्किएका हुन् ।
फ्रान्सका जुल्स कोउन्डे दोस्रो हाफमा रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सिमित बनेको थियो ।
फ्रान्सले चार खेलबाट ८ अंक जोडेको छ । उसले दोस्रो स्थानको युक्रेनसंग ४ अंकको अग्रता लिएको छ । युक्रेनले काजकिस्तानसंग २–२ खेलको बराबरी खेल्दै अंक बाँड्यो । उसले अर्को खेलमा फ्रान्सलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्नेछ ।