सिमल बचतलाई उपाधि
शनिबार, असोज २०, २०७५खेलपाटी संवाददाता

काठमाडौं । दोस्रो चन्द्रागिरी अन्तर सहकारी फुटसल प्रतियोगिताको उपाधि सिमल बचत तथा ऋण सहकारी संस्थाले जितेको छ । शनिबार भएको फाइनल खेलमा खुसीखुसी सहकारीलाई ६–० गोलले पराजित गर्दै सिमलले उपाधि जितेको हो ।
नयाँ नैकापमा अवस्थित तपाईं हाम्रो बहुृद्देशीय सहकारी संस्थाको ११औं बार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा १२ सहकारी टोलीको सहभागिता रहेको थियो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, एन्फा फुटसल समितिका उपसंयोजक सुन्दर थापा र तपाईं हाम्रो बहुृद्देशीय सहकारी संस्थाका अध्यक्ष मनोजकुमार थापा मगरलगायतले पुरस्कार प्रदान गरे ।






-1759666509639.jpg&w=3840&q=75)









-1761641224925.jpeg&w=3840&q=75)