उनले इन्स्ट्राग्राममा लेखेका छन्, ‘म तपाईको व्यवसायिकपनको सम्मान गर्छुं, दाजु । अब आफ्नो सपनालाई फेरि फेर्नुछ । जीवन सुन्दर छ, तिमी उत्कृष्ट छौं ।’ उनी हल्का भावनात्मक पनि देखिए ।
यो सन्देश पढ्ने क्रममा पृष्ठभूमिमा एरोस्मिथको ‘ड्रिम अन’ गीत पनि बजिरहेको थियो ।
‘ड्रिम अन’ अर्थात सपना देख्न नछाड ? यो स्पष्ट सन्देश थियो, उनले आफ्नो सपना पूरा गर्न पाएनन् । तर त्यो कामय भने छ ।
रमाइलो के पनि रह्यो भने यो सन्देश पोस्ट गरेको केही समयमै उनले त्यसलाई डिलेट पनि गरे । रियलले राखेको कुनै पनि प्रकारको प्रस्तावलाई पीएसजीले स्विकार गरेन् ।
यसरी सबैले प्रतीक्षा गरिरहेको एउटा हाइप्रोफाइल ट्रान्सफर फेरि रोकिएको छ र अबको केही समयका लागि एमबाप्पेले पीएसजीमा लियोनल मेस्सीसँगै खेल्नेछन् ।
पीएसजीको एउटा नीति नै छ, आफ्नो खेलाडीलाई जत्तिकै मूल्य पाए पनि नबेच्ने, भलै त्यसको केही समयपछि त्यही खेलाडीलाई विना कुनै मूल्य छाड्नु परे पनि ।
–मार्काको सहयोगमा ।