काठमाडौं । इंग्लिस क्लब चेल्सीले मिडफिल्डर सउल निगुएजलाई अनुबन्ध गरेको छ ।
चेल्सीले निगुएजलाई एट्लेटिको मड्रिडबाट लोनमा अनुबन्ध गरेको हो ।
चेल्सीले एक सिजनको लागि लोनमा निगुएजलाई अनुबन्ध गरिएको जनाएको छ ।
२६ वर्षीय स्पेनिस डिफेन्डर निगुएजलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको लागि निगुएजले विकल्प समेत दिएको छ ।
निगुएजले एट्लेटिकोका लागि ४ सय ४७ खेलमा ५३ गोल गरेका छन् ।
गत सिजन उनले ३३ ला लिगा खेल खेलेका थिए ।
स्पेनका लागि उनले १९ खेल खेलेका छन् ।