काठमाडौं। इंग्लिस क्लब लिभरपुलका डिफेन्डर नथानिएल फिलिप्सले सम्झौता नवीकरण गरेका छन् ।
फिलिप्सले सन् २०२५ सम्म क्लबमा रहने गरि सम्झौता नवीकरण गरेका हुन् ।
सेन्टर ब्याक फिलिप्सले लिभरपुलका लागि २० खेल खेलेका छन् ।
२४ वर्षीय फिलिप्सले सन् २०१९ मा लिभरपुलको सिनियर टिममा डेब्यु गरेका थिए ।
उनले २०१९/२० को सिजन जर्मन क्लब स्टुटगार्डबाट खेलेका थिए।