काठमाडौं। स्पेनिस क्लब रियल मड्रिडले फ्रेन्च मिडफिल्डर इडिवार्डो कामाभिंगालाई अनुबन्ध गरेको छ।
रियलले फ्रेन्च क्लब रेनिसबाट मिडफिल्डर कामाभिंगालाई अनुबन्ध गरेको हो।
कामाभिंगाले रियलसँग ६ वर्षको सम्झौता गरेका छन्।
१८ वर्षीय कामाभिंगा सन् २०२७ को जुन ३० सम्म रियलमा रहने छन्।
कामाभिंगाले रेनिसका लागि ७० लिग वन खेल खेलेका छन्।
कामाभिंगाले फ्रान्सका लागि ३ खेल खेलिसकेका छन्।
