एजेन्सी । युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको समूह विभाजन सार्वजनिक गरेको छ ।
यूईएफएले बिहीबार राति नयाँ सिजनको लागि समूह चरणको समूह विभाजन सार्वजनिक गरेको हो ।
साविक विजेता चेल्सी समूह 'एच' मा परेको छ । यस समूहमा इटालियन क्लब युभेन्ट्ससहित जेनिट र माल्मो रहेका छन् ।
म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) समूह 'ए' मा रहेका छन् ।
यस्तै बार्सिलोना र बायर्न म्युनिख एकै समूह समूह 'इ' मा परेका छन् ।
रियल मड्रिड र इन्टर मिलान समूह 'डी' मा पर्दा लिभरपुल र एटलेटिको मड्रिड समूह 'बी' मा परेका छन् ।
कुन समूहमा कुन टिम ?
समूह 'ए' - म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन (पीएसजी), आरबी लाइपजिग, क्लब ब्रुग
समूह 'बी' - एटलेटिको मड्रिड, लिभरपुल, पोर्टो, एसी मिलान
समूह 'सी' - स्पोर्टिङ सिपी, बोरुसिया डर्टमण्ड, आयाक्स, बेसिकाट्स
समूह 'डी'- इन्टर मिलान, रियल मड्रिड, शाख्तर डोनेट्क्स, शेरिफ
समूह 'इ' - बायर्न म्युनिख, बार्सिलोना, बेन्फिका, डाइनामो किभ
समूह 'एफ' - भिल्ला रियल, म्यानचेस्टर युनाईटेड, एटलान्टा, योङ बोइज
समूह 'जी' - लियोन, सेभिया, साल्जवर्ग, उल्फवर्ग
समूह 'एच' - चेल्सी, युभेन्ट्स, जेनिट, माम्लो
