काठमाडौं । भुटानमा जारी पहिलो संस्करणको साफ यु–१८ महिला फुटबलमा गोलकिपर अन्जना राना मगर नायक बन्दा नेपाल फाइनल प्रबेश गरेको छ ।
पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भारतलाई ३–१ गोल अन्तरले पराजित ग¥यो । त्यसमा नायक बनिन्, गोलकिपर अन्जना । उनले भारतको दुई पेनाल्टी रोकिन । त्यसमा एक पेनाल्टी गोल पनि गरिन् ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । पहिलो गोल नेपालले १६ औं मिनेटमा गरेको थियो । गोलकर्ता थिईन्, रस्मी कुमार घिसिङ ।
भारतकी समिक्षाले ६२ औ मिनेटमा बराबरी गोल फर्काईन् । अतिरिक्त समयमा दुवै टोलीबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गयो । नेपालका मनिषा राउत, रेखा पौडेल, अन्जना राना मगरले गोल गर्दा पुजा राणाको बल बाहिरियो ।
उपाधिकालागि नेपालले बङ्गलादेश र भुटानबीचको बिजेतासंग खेल्नेछ ।