बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

ब्याडमिन्टन निर्णायक कोर्ष सम्पन्न

बुधबार, २७ श्रावण २०७८खेलपाटी संवाददाता
ब्याडमिन्टन निर्णायक कोर्ष सम्पन्न
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा संचालन भएको भर्चुअल ब्याडमिन्टन राष्ट्रिय निर्णायक कोर्ष आज बुधबार सम्पन्न भएको छ ।

दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्य अनुरुप संघको पहलमा पहिलो पटक राष्ट्रिय निर्णायक कोर्षको आयोजना गरिएको हो ।

केन्द्रिकृत नीतिलाई बिकेन्द्रिकरण गर्दै जाने संघको उद्धेश्य अनुरुप संघ संग आवद्ध प्रत्येक जिल्लामा अब कम्तिमा दुई निर्णायक स्थानिय हुनेछन् । यस अघि प्राय जिल्लामा आयोजना हुने प्रतियोगिताहरुमा केन्द्रबाटनै निर्णायकहरुको पूर्ति हुने गरेको थियो ।

यसका साथै नेपाली सेना, नेपाल एपिएफ कलबमा पनि निर्णायकहरुको अभावलाई पूर्ति गर्नेछ । यस अघि पनि विभिन्न जिल्लाहरुले आफ्नै पहलमा राष्ट्रिय रेफ्रि र अन्तराष्ट्रिय अम्पायरहरु मार्फत निर्णायक तालिमहरु प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्दै आईरहेकोमा संघको कार्यक्रम अनुरुप आधिकारीक रुपमानै प्रमाण पत्र प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको यो नै पहिलो निर्णायक तालिम हो ।

श्रावण १७ गते देखि २७ गते सम्म दुई चरणमा गरेर संचालन भएको कोर्षमा सहभागी निर्णायकहरुलाई ब्याडमिन्टन एशियाका सर्टिफाईड अम्पायर दीपक थापाले ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायरहरु सुमित शाक्य, समन ईकवाल र कृतन खड्काले ब्याडमिन्टनको प्राविधिक ज्ञान प्रदान गरेका थिए ।

सहभागी निर्णायकहरुले नेपाल ब्याडमिन्टन संघले आगामी दिनमा संचालन गर्ने राष्ट्रिय प्रतियोगितामा प्रयोगात्मक परिक्षा लिईने र त्यसैका आधारमा प्रमाण  पत्र प्रदान गरिनुका साथै राष्ट्रिय अम्पायरमा दर्ता गरिने संघले जनाएको छ ।

कोभिड १९ को महामारीको अवस्थमा खेलकुदका कार्यक्रम ठप्प रहेको अवस्थामा नेपाल ब्याडमिन्ट संघले गतिविधी संचालन गरेकोमा राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव एकेन्द्र कुँवरले नेपाल ब्याडमिन्टन संघलाई धन्यवाद प्रदान गर्दै कार्यक्रमको सफलताको कामना गर्नुका साथै कार्यक्रममा सहभागीहरुलाई शुभकामना सहित उज्वल भविष्यको कामना प्रदान गरेका थिए ।

ब्याडमिन्टन एशियाका अध्यक्ष एन्टोन सुबोले प्रशिक्षण कार्यको शुभारम्भ गरेकोमा नेपाल ब्याडमिन्टन संघ, अध्यक्ष रामजी बहादुर श्रेष्ठ, प्राविधक टिम र सहभागीलाई धन्यवाद तथा शुभकामना प्रदान गर्दै उज्वल भविष्यको कामना गरेका थिए । यस्तै अध्यक्ष एन्टोनले ब्याडमिन्टन एशियाका अन्य राष्ट्रले पनि यस कार्यक्रमबाट सिक्नु पर्ने बताए ।

यस्तै महासचिव मुसा नासिद र कोषाध्यक्ष जसेम कान्सोले पनि कार्यक्रम र सहभागीहरुलाई शुभकामना प्रदान गरेका थिए । यस्तै ब्याडमिन्टन एशियाका टेक्निकल अफिसियल कमिटीका चेयरपर्सन चि चेन सेनले यस्तो कोभिडको महामारीका बेलमा नेपाल ब्याडमिन्टन संघले भर्चूअल मार्फत ब्याडमिन्टनको कार्यक्रम र कोर्ष संचालन गरेकोमा संघ तथा प्राविधक टोलीलाई बधाई र धन्यवाद प्रदान गर्दै कार्यक्रममा सहभागीहरुलाई शुभकामनाका साथ उज्वल भविष्यको कामना गरेका थिए ।

संघले आगामी दिनमा कोर्ट अफिसियलको रुपमा आवश्यक पर्ने जनशक्ति जस्तै म्याच कन्ट्रोल, लाईन जज लगायतको कोर्ष कार्यक्रमलाई पनि अगाडी बढाउने सोच राखेको संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले बताए ।

प्रशिक्षणमा अर्घाखाँची, बाँके, बारा, भक्तपुर, भोजपुर, दैलेख, दोलखा, दाङ्ग, धनकुटा, डोटी, इलाम, सिन्धुपाल्चोक, झापा, कैलाली, कञ्चनपुर, कपिलबस्तु, कास्की, काठमाण्डौ, काभ्रे, महोत्तरी, मोरङ्ग, नवलपरासी, नवलपुर, पर्सा, पाल्पा, पाँचथर, पर्वत, रुपन्देही, सल्यान, संखुवासभा, सर्लाही, सिन्धुली, सोलुखुम्बु, सुर्खेत, तनहु, ते¥हथुम, उदयपुर, नुवाकोट, ओखलढुंगा, धादिङ्ग, चितवन, सप्तरी, सुनसरी, एपिएफ क्लब रहेका छन् ।

यस्तै नेपाली सेनाको त्रिभुवन आर्मीक्लब, गुल्मी, बर्दिया र त्रिभुवन बिश्व बिद्यालय स्पोर्टस् साईन्सले पनि चाहना राखेका कारण प्रशिक्षणमा समावेस गरिएको कार्यक्रम संयोजक नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य एवं प्रशिक्षक थापाले जानकारी गराए । प्रशिक्षण कार्यक्रममा १० महिला सहित ९७ जनाको सहभागिता रहेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको पनि ९००औं गोल

मेसीको पनि ९००औं गोल

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक