अर्यालले पाराओलम्पिकमा लाईन जजको भूमिका निर्वाह गर्ने
.jpg&w=3840&q=75)
काठमाडौं । ब्याडमिन्टन एशियाका अम्पायर उदय कुमार अर्यालले जापानमा आयोजना हुने पाराओलम्पिक खेलकुदमा लाईन जजको भूमिका निर्वाह गर्ने भएका छन् ।
नेपालको राष्ट्रिय रेफ्री समेत रहेका अर्यालले अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म चल्ने पाराओलम्पिकमा लाईन जजको भूमिका निर्वाह गर्ने भएका हुन् ।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले नेपालबाट पाराओलम्पिकका लागि अम्पायर अर्याललाई छनोट गरेको हो । पाराओलम्पिकका लागि आर्यल भदौमा जापान जानेछन् ।
'विश्व ब्याडमिन्टन महासंघले नेपालबाट मलाई टेक्निकल अफिसियलको रुपमा छनोट गरेको हो । त्यसका लागि म भदौ १२ गते जापान प्रस्थान गर्दैछु,' अर्यालले भने, 'पाराओलम्पिकमा लाइन जजको रुपमा काम गर्ने छु ।'
बिस २०४४ सालबाट राष्ट्रिय अम्पायर रहेका अर्यालले २०१९ मा बीडब्लुएफबाट अन्तराष्ट्रिय लाईन जजको मान्यता प्राप्त गरेका थिए ।
त्यसअघि उनले सन् २००० मा जापानको क्योटोबाट ब्याडमिन्टन एशियाको अन्तराष्ट्रिय अम्पायरको मान्यता पाएका थिए ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


