एजेन्सी । टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा फ्रान्सको यू-२३ टिम र अर्जेन्टिनाको यू-२३ टिमले पहिलो जित निकालेका छन् ।
आइतबार भएको खेलमा फ्रान्सले दक्षिण अफ्रीकालाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।
फ्रान्सको जितमा आन्द्रे पीएरेले ह्याट्रिक गरे । तेजी साभानिरको नाममा एक गोल रह्यो ।
दक्षिण अफ्रीकाका कोबामेलो कोडीसाङ, एभिडेन्स माक्गोपा र तेबोहो मोकोइनाले एक एक गोल गरे ।
यस जितसँगै समूह ए को फ्रान्सले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा फ्रान्स मेक्सिकोसँग पराजित भएको थियो ।
यस्तै अर्जेन्टिनाले इजिप्टलाई १-० ले हराएको छ । अर्जेन्टिनाको जितमा फाकुन्दो मेदिनाले निर्णायक गोल गरे ।
समूह सी को अर्जेन्टिनाले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा अर्जेन्टिना अष्ट्रेलियासँग २-० गोल अन्तरले पराजित भएको थियो ।
अर्को खेलमा ब्राजिलले आइभरी कोस्टसँग गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
