एजेन्सी । टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलमा अमेरिकाले फराकिलो जित निकालेको छ ।
शनिबार भएको खेलमा अमेरिकाले न्युजिल्याण्डलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
अमेरिकाको जितमा रोज लाभेल्ली, लिन्डसे होरन, क्रिस्टिन प्रेस र एलेक्स मोर्गनले एक एक गोल गरिन् ।
अमेरिकाले दुई गोल आत्मघाती उपहार पाएको थियो । न्युजिल्याण्डका अब्बे एर्चेग र क्याथरिन बोटले आत्मघाती गोल गर्दा बेट्से हासेटले एक गोल फर्काइन ।
समूह 'जी' मा रहेको अमेरिकाको यो पहिलो जित हो । पहिलो खेलमा अमेरिका स्विडेनसँग पराजित भएको थियो ।
अमेरिकाले समूहको २ खेलमा ३ अंक जोडेको छ । स्विडेनले २ खेलमा ६ अंक जोडेको छ । न्युजिल्याण्डले दुबै खेक गुमाएको छ ।
शनिबार नै भएको खेलमा स्विडेनले अष्ट्रेलियालाई ४-२ ले हराएको थियो ।
महिला फुटबल अन्तर्गत नै ब्राजिलले नेदरल्यान्ड्ससँग ३-३ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।

यस्तै ग्रेट ब्रिटेनले जापानलाई १-० ले पराजित गरेको छ ।
त्यस्तै चीन र जाम्बियाले ४-४ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
अर्को खेलमा क्यानडाले चिलीलाई २-१ ले हराएको छ ।
