काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेल पत्रकारमाथि गरेको दुर्व्यवहारको ध्यानाकर्षण गराएको छ ।
मेरोखेल डट कमका पत्रकारद्धय बिभु श्रेष्ठ र बिभा थापामाथि प्रशिक्षक अब्दुल्लाहले अपशब्द प्रयोग गरि गाली गलौच गरेको भन्दै मञ्चले शुक्रबार बिज्ञप्तिमार्फत घटनाको निन्दा गरेको छ ।
मञ्चले राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जस्तो जिम्मेवार व्यक्तिबाट तल्लो स्तरको व्यवहार निन्दनीय भएको उल्लेख गर्दै घटनाको छानविन गरि दोषी उपर कारबाही गर्न अखिल नेपाल फुटबल संघ एन्फासंग माग गरेको छ ।
बिहीबार समाचार संकलनको क्रममा पत्रकारद्धय श्रेष्ठ र थापामाथि प्रशिक्षक अब्दुल्लाहले दुर्व्यवहार गरेका थिए । सार्वजनीक स्थानमा गरिएको धुम्रपानको विषयमा सोधिएको प्रश्नमा प्रशिक्षकले अपशब्द प्रयोग गरि गाली गलौज गरेका थिए ।