सोमबार, ०२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मेरो कुरा
Loading ad...
Bhat Bhateni Supermarket Ad

यी गोपी, त्यो कराँते !

बिहिबार, २४ असार २०७८खेलपाटी संवाददाता
यी गोपी, त्यो कराँते !
Loading ad...
mustang rice ad

विकास तामाङ

कोरोना कहरसँगै ठप्प बनेका सम्पुर्ण गतिविधि पुरानै गतिमा फर्कने क्रममा छ । व्यापार, व्यवसाय, रोजगारी, शिक्षा आदि सँगै विश्व बजार खेलकुदमय बन्दै गएको छ ।

जापानमा हुन गईरहेको टोकियो ओलम्पिक सबैभन्दा चर्चाको विषय बनेको छ । तर नेपाली खेलकुदमा भने खुशियाली कतै देखिँदैन ।

जापानको उदगम खेल कराँते नेपालका तर्फबाट ओलम्पिकमा सहभागी छैन । एथलेटिक्सका गोपी चन्द्र पार्की न्यायको भिख मागिरहेका छन् । छनौट भएका खेलाडी नाम परेकोमा अनौठो मानिरहेको छन् । सबै घटनाले खेलकुदका कार्यकारी व्यक्ति जिम्मेवार छैनन् भन्ने मात्र देखाएको छैन, नेपाल राष्ट्र र नेपालीप्रति ठूलो कुठाराघात भएको छ ।

दक्षिण एसियाका बादशाहका रुपमा रहेका नेपाली मार्सल–आर्ट खेलाडी आफ्ना योग्यता प्रदर्शन गर्नबाट बञ्चित छन् । अन्याय, अत्याचार र मनोमानी वा सिकार हुनु नेपाली खेलाडीका लागि नौलो घटना भने होइन । यसको ज्वलन्त उदाहरण कोरियामा भएको एसियन प्रतियोगितामा सहभागि र विजयी खेलाडी बिमला तामाङ हुन् ।

छनौट भएपनि बिमला अन्तिम समयमा नाम काटिएपछि प्रतियोगिता खेल्न नपाउने अवस्थामा थिईन् । तर साहसी प्रशिक्षक धुब्र मल्लको प्रयासमा उनी कोरिया पुगिन् र खेल प्रर्दशन गरिन् । अन्ततः त्यही खेलाडी नेपालका लागि एक मात्र काँस्य पदक दिलाउन सफल भएकी थिइन् ।

ठ्याक्कै त्यसैको झल्को दिने कयौं घटना मध्य हालै जापानमा हुन लागेको टोकियो ओलम्पिकमा एथलेटिक्सतर्फ लामो दुरी दौडमा छनौट भएका खेलाडी गोपीचन्द्र पार्कीको एकाएक नाम हटेपछि खेलकुदका सम्बन्धित कार्यकारीको नाङ्गो नाच देखिएको हो । एक खेलाडीको नाम हट्नुमा एथलेटिक्स संघ, राखेप र ओलम्पिककाे संयुक्त विज्ञप्ति आउनु “दाल मे कुछ काला है” भन्ने बुझाउँछ ।

आपसमा खासै राम्रो सम्बन्ध नरहेको भनि बुझेको खेलकर्मीहरुले ओलम्पिक अध्यक्ष र राखेप सदस्य सचिवको संयुक्त विज्ञप्तिलाई निकै चासोका साथ हेरिएको छ ।

खेल विकासको सवालमा मेलमिलाप छलफल र समन्वय कम रहँदै आएको ओलम्पिक र राखेप एक खेलाडीको भविष्य बर्बाद गर्न गरेको मिलाप अस्वभनिय देखिन्छ ।

खेलाडी गोपीमाथि अन्याय परेकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले घोर भत्सर्ना र छानबिनको माग गरेको छ ।

न्याय दिलाउन खेलाडी संघको महवपूर्ण भूमिका रहन्छ तर एक विज्ञप्ति, एक ध्यानाकर्षण पर्याप्त भने छैन । बारम्बार दोहोरिरहने खेलाडीको दुखान्त नियती अन्त्य गर्न न्यायालयसम्मको ढोका ढक्ढक्याउन अपरिहार्य छ ।

नेपाली खेलकुदमा पार्की छनोटमा परेर हटेका खेलाडी हुन् भने जापानकै उदगम खेल कराँते नविकरण नगरेका कारण ओलम्पिकमा सहभागि हुन पाएन । केहि समय अघिसम्म दुई फरक फरक महासंघ गठन गरि बसेका दावा गुरुङ र पुरेन्द्र लाखे नेतृत्वको टिम कराँतेलाई अस्थिरता तुल्याउन मुख्य भूमिकामा देखिन्छन् । कतिलाई पत्याउन गाह्रो लाग्न सक्छ तर कुरा त्यसबेला बाहिर आयो, जुन बेला रेफ्रिका लागि नविकरण गर्न पुगेका प्रकाश पौडेल लगायतका नेपाली टोलीलाई सेमिनार एवमं परिक्षा हलमा प्रवेशनै गर्न पाएनन् । उनीहरु रित्तो हात नेपाल फर्काए ।

लगत्तै दुई महासंघ राखेपको हस्तक्षपमा एक बनाई नयाँ नेतृत्वको चयन भयो । तर यसो हुँदा पनि महासंघमा कायम नविकरणको समस्या यथावत रह्यो । जसकारण नेपाली कराँते खेलको उद्गम स्थल जापानको माटोमा टेक्नबाट बञ्चित हुन पुगेको छ । हिजो दुई फरक महासंघ हुँदा सिर्जित अस्थिरता राखेपको हस्तक्षेपपछि पनि बोर्ड सदस्य शम्भु आचार्यको संयोजकत्वमा बनेको २१ सदस्य तदर्थ कमिटि खेलाडीको भविष्य अन्धकारमा धकेल्न सफल भएका छन् । यदि यसो हैन भने सम्पुर्ण खेलकर्मी यसको कारण जान्न चाहन्छ ।

गर्बिलो ईतिहास बोकेको नेपाली खेलकुद दक्षिण एसिया भन्दा माथि उठ्न नसक्नुमा राज्यको बुझाई र कार्यान्वयन मुख्य कारक हो । प्रखेपको दुई वर्ष कार्यकाल पार गरिसक्दा नेपाल सरकारका खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयका सचिव, सह–सचिवसँग खेलकुद विकासबारे गफिने मौका पाएको थिएँ । उहाँहरुको अभिव्यक्तिले यो उद्घोष गर्छ, खेलकुद मनोरञ्जनको विषय हो । यसले राज्यको विकासमा कुनै टेवा पु¥याउन सक्दैन । पढाईमा कमजोर खेलकुदमा लागेका छन् । खेलकुदमा गरेको लगानीको ५० प्रतिशत सावा पनि उठ्दैन भन्ने सोच नीति निर्माण तहमा बसेका व्यक्तिमा देखिन्छ ।

राज्यको कार्यकारी सचिव यसो भनिरहेको छ भने नेपाली खेलकुदमा विषयमा विद्यावारिधि हासिल गरेका योग्य कर्मचारीको आवश्यक छ । त्रिभुवन विश्वविद्यालय र उच्च शिक्षा परिषद्ले गत शैक्षिक शत्रबाट खेलकुद विषय पाठ्यक्रममा समावेश गरिसकेको छ । सयौंँ खेलकर्मीहरु शिक्षा लिँदै हुनुहुन्छ । यो अत्यन्त हर्षको विषय हो ।

सुखद कुरा नेपाली खेलकुदमा आज हेर्दा संरचना निर्माणको कार्यले तिब्रता पाएको छ । प्रदेश सरकार र स्थानीय सरकार अग्रपंक्तिमा देखिन्छन् । कतिपय गुणस्तर जाँच प्राविधिकले गर्ला तर संख्या भने बढेको छ । हिजो भन्दा आज खुसी हुनैपर्छ । दिगो विकास र निरन्तर सफलताको लागि नेपाली खेलकुदमा सहीलाई सम्मान र गलतलाई दण्डित अनिवार्य छ । खेलाडी गोपी पार्की र कराँते महासंघ पीडितले न्याय पाउनुपर्छ भने पीडकहरु दण्डको भागिदार बन्नुपर्छ ।

(तामाङ ट्रेडिसनल सोतोकाइ कराँते नेपालका अध्यक्ष हुन् ।)

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

‘ममाथिको कारबाही वैधानिक छैन’

‘ममाथिको कारबाही वैधानिक छैन’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

मौकामा चम्किन सक्दैनन् नेयमार

मौकामा चम्किन सक्दैनन् नेयमार

चर्चमाथि फ्रेन्ड्स हाबी

चर्चमाथि फ्रेन्ड्स हाबी

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन